मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका प्रसाईंलाई प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार प्रसाईलाई परिसरमा ल्याइएकाे छ। उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएकाे आराेप रहेको उनले नागरिकन्युजलाई जानकारी दिए।
'नागरिकको रूपमा सार्वजनिक शान्ति भंग गरेको र कहिले के भन्नुहुन्छ कहिले के भन्नुहुन्छ, के हो त्यसको अनुसन्धान गर्नका लागि पक्राउ गरिएको हो,' एसपी भट्टराईले जानकारी दिए।
हिजो दिउँसो मात्र प्रसाईंले सिहदरबार, सर्वोच्च अदालतमा कसरी आगो लाग्यो? ७५ जनाको ज्यान कसरी गयो? मल्ल होटल अगाडि गाडीभित्र बसेर क-कसको कुरा भएर प्रधानमन्त्री चुनियो? बानेश्वरको कुन घरको छतमा बसेर जेन-जी आन्दोलनको अप्रेशन गरिएको थियो? भनेर विशेष भिडियो सार्वजनिक गरेका थिए।
प्रकाशित: २ मंसिर २०८२ ०६:४२ मंगलबार

