२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

रौतहटमा ड्रोनबाट गस्ती, आकाशबाटै उच्छृङ्खल गतिविधिमाथि निगरानी

सदरमुकाम गौरमा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन र अवाञ्छित गतिविधि नियन्त्रण गर्न रौतहट प्रहरीले पहिलोपटक ड्रोन प्रविधिमार्फत निगरानी सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले गौरनगरपालिका र आसपासका क्षेत्रमा बिहीबारदेखि ड्रोन गस्ती परिचालन गरेको हो।

लागूऔषध ओसारपसार नियन्त्रण तथा उच्छृङ्खल गतिविधि रोक्न सुरक्षा रणनीतिअनुसार नयाँ प्रविधिको प्रयोग गरिएको रौतहटका प्रहरी प्रमुख एसपी सिताराम रिजालले जानकारी दिए।

बजार क्षेत्रमा तीव्र गतिमा मोटरसाइकल चलाउने, सार्वजनिक स्थलमा होहल्ला गर्ने र शंकास्पद गतिविधिमा संलग्नहरूलाई ड्रोनको दायरामा ल्याइने उनले बताए।

ड्रोनबाट संकलन हुने प्रत्यक्ष दृश्य र सूचनाका आधारमा आवश्यक परेको खण्डमा तत्कालै प्रहरी टोली घटनास्थलमा परिचालन गरिनेछ। यस प्रविधिले बजार क्षेत्रको शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा महत्त्वपूर्ण सहयोग पुग्ने प्रहरीको विश्वास छ।

प्रहरीले आम नागरिकलाई कानुनको पालना गर्न, ट्राफिक नियम उल्लंघन नगर्न तथा सार्वजनिक स्थानमा शान्तिभंग गर्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।

नियम उल्लंघन गर्नेलाई संकलित भिडियो प्रमाणका आधारमा कारबाही गरिने प्रहरीले जनाएको छ।श

प्रकाशित: १८ असार २०८३ २०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App