१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

कर्णाली राजमार्गमा चालक लक्षित लापसे/मापसे चेकजाँच

कर्णाली राजमार्गअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–२ स्थित स्याउली बजारमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालक लक्षित लापसे/मापसे चेकजाँच गरिएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेख, जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेख, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागितामा मंगलबार सवारी चालकहरूको लापसे (लागुऔषध सेवन) तथा मापसे (मादक पदार्थ सेवन) सम्बन्धी चेकजाँच गरिएको हो। कर्णाली राजमार्गमा पछिल्लो समय सवारी दुर्घटनाको जोखिम बढ्दै गएको अवस्थामा चालकहरूलाई जिम्मेवार र सचेत बनाउँदै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए।

चेकजाँचका क्रममा सवारी चालकलाई मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी नचलाउन आग्रह गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्न समेत सचेत गराइएको थियो। चालकको लापरबाहीका कारण हुनसक्ने सम्भावित दुर्घटना रोक्न नियमित रूपमा यस्ता अभियान सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ।

राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि प्रहरीको चेकजाँचसँगै चालक, यात्रु, स्थानीय समुदाय र सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। दुर्घटना रोकथामका लागि सचेतना र निगरानीलाई निरन्तरता दिँदै सुरक्षित यात्राको वातावरण निर्माणमा जोड दिइएको छ।

प्रकाशित: १० भाद्र २०८३ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App