डा. कमल (निकोलस) भुसाललाई प्रहरीले गोरखाबाट नियन्त्रणमा लिएको छ।
सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिँदै आएका डा. भुसाललाई प्रहरीले गोरखा नगरपालिका–८, सरस्वती आश्रमबाट मंगलबार पक्राउ गरेको हो।
उनले सामाजिक सञ्जालमार्फत समाजलाई भड्काउने प्रकृतिका अभिव्यक्ति दिँदै आएका थिए। पक्राउ परेका भुसाललाई गोरखाबाट प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ।
प्रकाशित: १८ कार्तिक २०८२ १४:५५ मंगलबार





