२२ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. गौतम निर्वाचित : यस्तो छ नयाँ कार्यसमिति

नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्ष पदमा डा. शंकर गौतम निर्वाचित भएका छन्। 

उनका निकटतम प्रतिस्पर्धीका रूपमा डा. सुवर्ण पौडेल थिए। संघको यही चैत २० र २१ गते यहाँ सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनले डा. गौतमको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। 

वरिष्ठ उपाध्यक्षमा डा. रमेश पौडेल, महिला उपाध्यक्षमा डा. सिर्जना श्रेष्ठ, महासचिवमा डा. ऋषिकेशव भुसाल, सचिवमा डा. दीपककुमार मण्डल र कोषाध्यक्षमा डा. सिजन कोजु विजयी भएको संघका निवर्तमान अध्यक्ष डा. श्यामबाबु यादवले जानकारी दिए।

उनका अनुसार प्रादेशिक उपाध्यक्षमा कोशीमा डा. विजयकुमार सिंह, मधेसमा डा. शिवनारायण गुप्ता, बागमतीमा डा. देवेन्द्रकुमार यादव, गण्डकीमा डा. नगेन्द्र लामिछाने, लुम्बिनीमा डा. कैलाश न्यौपाने, कर्णालीमा डा. सुदर्शन पोखरेल र सुदूरपश्चिममा डा. हिमाल भट्ट निर्वाचित भएका छन्।

प्रकाशित: २२ चैत्र २०८२ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App