२० कार्तिक २०८३ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

देउसी भैलो खेल्ने समय राति ९ बजेसम्म

कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ। विभिन्न सरोकारवालासँग छलफल पछि जिल्ला सुरक्षा समितिले सो निर्णय गरेको हो।

तिहार र छठलाई मर्यादित व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रशासन कार्यालयले कार्तिक २५ गतेका दिन मदिरा बिक्री वितरणमा रोक लगाएको छ।

यसै गरी ठुलो ध्वनि गरी स्वास्थ्यका असर पर्ने डिजेको प्रयोगमा समेत रोक लगाइएको छ। तिहारमा निकालिने मूर्ति विसर्जनका क्रममा तोकिएको रुट र सूर्यास्त अघि नै नदी खोलामा बिर्सजनको काम सक्नु पर्ने सहायक प्रजिअ भबिश्वर घिमिरेले बताए। 

सामाजिक सद्भावमा द्वेष फैलाउने र धार्मिक सद्भावमा खलल पुग्ने कुनै किसिमको सामाग्री सामाजिक सञ्जालमा राख्न नपाइने, जुवातास ,  सट्टेबाजी, पटाकाजन्य पदार्थको कारोबारमा समेत रोक लगाइएको छ।

चाडपर्वलाईमा हुन सक्ने सम्भावित घटनालाई रोक्नका लागि आफूहरूले यो कदम चालेको घिमिरेले बताए। रोक लगाएको गतिविधिको प्रभावकारी कार्यान्वयका लागि अनुरोध गरिएको र अटेर गर्नेमाथि प्रचलित कानुन अनुसार कारबाही गरिने उनले बताए।

चाडबाडलाई व्यवस्थित र मर्यादित बनाउन चाडबाड लक्षित एकीकृत सुरक्षा योजना जारी रहेको प्रहरी उपरीक्षक मनोहर भट्टले बताए। 

प्रकाशित: २० कार्तिक २०८३ १७:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App