७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

हावाहुरीबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मोरङको आग्रह

हावाहुरीबाट सचेत रहन जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले यस्तो आग्रह गरेको हो ।  

जल तथा मौसम विज्ञान विभागले शनिबार विराटनगर क्षेत्रमा तीव्रगतिको हावाहुरी चल्ने पूर्वअनुमान गरेको जनाउँदै प्रशासनले मोरङ जिल्लामा बसोबास र यात्रा गर्ने नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो।  

प्रशासनले हावा चलेका बेला घरका झ्याल ढोका बन्द गर्न, आगोका स्रोतहरू बन्द गर्न, सवारीसाधन सञ्चालन गरिरहेको भए रोकेर सुरक्षित स्थानमा बस्नेलगायतका सुरक्षाका उपायहरू अपनाउन आग्रह गरेको छ।

प्रकाशित: ६ चैत्र २०८२ १६:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App