विद्युत् नियमन आयोगका पूर्वअध्यक्ष डिल्लीबहादुर सिंह ‘ऊर्जा ज्योति सम्मान’बाट सम्मानित भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनको उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उनलाई सम्मानपत्र सहित नगद एक लाख रुपैयाँसहित सम्मान गरेका हुन्।
ऊर्जा क्षेत्रको नीतिगत, प्रशासनिक तथा संस्थागत विकासमा पुर्याएको योगदानको कदरस्वरूप सिंहलाई सम्मान प्रदान गरिएको इप्पानले जनाएको छ।
करिब चार दशक सरकारी सेवामा सक्रिय रहेका सिंह विद्युत् विकास विभागको महानिर्देशक तथा विद्युत् नियमन आयोगको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
प्रकाशित: २९ जेष्ठ २०८३ १७:३६ शुक्रबार





