१२ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

पहिरो खसेपछि ढोल्यामोड-पुर्चौंडी हाट सडक अवरुद्ध

बैतडीको ढोल्यामोड-पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा अवरुद्ध बनेको छ।

पुर्चौंडी नगरपालिका-६ छडाखोलामा सडकमाथिबाट पहिरो खसेपछि सो सडकमा यातायात सेवा अवरुद्ध भएको हो।

स्थानीय हिक्मत धानुकका अनुसार आज बिहान सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको हो।

लगातारको वर्षाका कारण सडकमाथिबाट पहिरो खसेपछि सडक खण्ड अवरुद्ध बनेपछि यातायातका साधन बिच बाटोमा नै रोकिएका छन्। रासस

प्रकाशित: १२ आश्विन २०८३ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App