२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

केही सडकमा अझै समस्या रहेकाले जानकारी लिएर यात्रा गर्न विभागको आह्वान

केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले अनुरोध गरेको छ।

विभागले आइतबार साँझा सार्वजनिक गरेको सडकको अवस्थासम्बन्धी विवरणमा पूर्व पश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या भइरहेको जनाइएको छ। उक्त राजमार्गको काँकडभिट्टा र कालीखोला क्षेत्रमा पहिरो पन्छाउने काम भइरहेको विभागका प्रवक्ता प्रभातकुमार झाले जानकारी दिए।

यसैगरी मेची राजमार्गको इलाम खण्डमा धेरै समस्या आएको र बिपी राजमार्ग बाढी रोकिएको सात दिनपछि मात्र सञ्चालन हुन सक्ने अवस्था रहेको विभागले जनाएको छ। गत वर्ष असोज दोस्रो साताको बाढीले क्षति गरेपछि बिपी राजमार्गका करिब डेढ दर्जन स्थानमा ‘डाइभर्सन’ गरिएको थियो। यस वर्ष ती संरचना भत्काएकाले बाढी सामान्य अवस्थामा फर्केपछि काम सुरु गरिने विभागले जनाएको छ।

यस्तै, कान्ति लोकपथ सोमबार मात्र खोल्न सकिने अवस्था रहेको प्रवक्ता झाले जानकारी दिए। सङ्घीय राजधानीबाट बागमती प्रदेश राजधानी जोड्ने अन्य सडकमा पनि ठाउँ-ठाउँमा पहिरोले समस्या भएको छ।

प्रकाशित: २० आश्विन २०८२ ०६:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App