देशभरका जेनजीबिच एकता आवह्वान गर्दै ताप्लेजुङमा शुक्रवार मौन ¥याली, चेतानमुलक नाटक र जनवादी सांगितिक कार्यक्रम प्रस्तुत गरिएको छ ।
कर्भडहलमा भेला भई नगर परिक्रममा पश्चात वीरेन्द्र चौकमा जनचेतनामुलक नाटक र जनवादी सांगीतिक कार्यक्रम गरिएको हो । जेनजी युनाईटेड मुभमेन्ट आयोजक भएर गरिएको कार्यक्रममार्फत जेनजी एक नहुँदा शहीदका आत्माहरु भौंतारिने, घाइतेका हृदय निको नहुने र नेपाल आमाको आँशु नरोकिने अभियन्ताहरूको भनाइ छ।
जेनजी बिभाजित हुँदा शहीदको सपना र घाइतेको चाहना पूरा नहुने र यसो हुँदा देशले दुर्भाग्य भोगी रहनुपर्ने अवस्थाका कारण आफुहरुले मेचीदेखि महाकालीसम्मका जेनजीबिच एकता आवह्वान गर्न कार्यक्रम गरेको जेन जी युनाईटेड मुभमेन्टका एक अगुवा रमेश नाल्वोले बताए ।
प्रकाशित: २१ कार्तिक २०८२ १५:३४ शुक्रबार





