२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

सिम्रौनगढमा सुरक्षाकर्मीविरुद्ध प्रदर्शन

सीमा नाकामा सुरक्षाकर्मीहरूले कडाइ गरेर अनावश्यक दु:ख दिएको भन्दै सिम्रौनगढमा शुक्रबार बिहानैदेखि प्रदर्शन गरिएको छ।

भारतीय बजारबाट ल्याउने मल र खाद्यान्न सामग्रीलाई सीमा नाकामा खटिने सुरक्षाकर्मीले नियन्त्रणमा लिन थालेपछि सिम्रौनगढका व्यापारी र स्थानीयहरू विरोध प्रदर्शन सुरु गरेका हुन्। सरकारले धानको सिजनमा चाहिने मल नदिनु र त्यही मल भारतीय बजारबाट ल्याउँदा नियन्त्रणमा लिनु कार्यले सिम्रौनगढका किसानलाई समस्या परेकाले विरोध गर्नु परेको प्रदर्शनमा भेटिएका रमेश प्रसादले बताए।  

विरोध प्रदर्शनमा उत्रिएका व्या‍पारी र स्थानीयहरूले सिम्रौनगढबाट चल्ने सवारी साधनमा रोक पनि लगाएका छन‍्। सिम्रौनगढमा रहेको कोल्ड स्टोर नजिक र गण्डक नहरको बाटोमा टायर बालेर बाटो समेत अवरुद्ध गरेका छन्। सिम्रौनगढमा रहेको छोटी भन्सार कार्यालय सुचारु नगर्नु र भारतीय बजारबाट ल्याउने मल र खाद्यान्न सामग्रीलाई भन्सार छली गरेर ल्याएको भन्दै सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएर दु:ख दिने काम गरेको भन्दै प्रदर्शनमा उत्रनु परेको उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लाल बाबू कुशवाहाले बाताए।

प्रकाशित: २ श्रावण २०८२ ११:४० शुक्रबार

#NagarikNews