२८ असार २०८३ आइतबार
image/svg+xml
समाज

रक्तसञ्चार सेवालाई अबरोध नगर्न सरकारसँग माग

विराटनगरस्थित  प्रादेशिक रक्त सञ्चार केन्द्रको  सेवा  सञ्चालनमा अबरोध नगर्न नेपाल रेडक्रस सोसाईटी मोरङ शाखाले  सरकारसँग माग गरेको छ । नेपाल रेडक्रस सोसाईटी मोरङले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो माग गरेको हो ।  

नेपाल रेडक्रस सोसाईटी मोरङका सभापति सुकदेवप्रसाद मण्डलले सरकारले जग्गा दिएर नै रेडक्रसले भवन बनाएको  दाबी गर्दै रक्तसञ्चार सेवा जस्तो मानविय सेवालाई निरन्तर सञ्चालनमा सहयोग गर्न उनले सबै पक्षलाई आग्रहसमेत गरे  । 

उनका अनुसार २०४२ सालमा तत्कालिन श्री ५को सरकारको पत्रकार आधारमा कोशी अस्पताल व्यवस्थापन समितिले निर्णय गरेर नेपाल रेडक्रस सोसाईटीलाई रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध भएको थियो ।  उनले सरकारले जग्गा नदिइ रेडक्रसले भवन नबनाएको र रगत आपूर्ति जस्तो मानविय संवेदनाको विषय भएकाले रक्तसञ्चार केन्द्रको संरचना नहटाउन आग्रह गरे ।  ‘रेडक्रसको रक्तसञ्चार केन्द्र कोशी अस्पतालको जग्गामा परेकै भए पनि अस्पतालमा उपचारका लागि आउने विरामीलाई नै रगत अतिआबश्यक पर्ने भएकाले अस्पतालकै एउटा हिस्साका रुपमा लिएर रक्तसञ्चार केन्द्रलाई निर्वाध रुपमा सञ्चालनको वातावरण मिलाउन अस्पताल व्यवस्थापन समितिलगायत सबै पक्षलाई आग्रह गर्दछौं ’ उनले भने ।  

कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गामा भवन निर्माण भएको भन्दै उक्त भवन हटाउन कोशी अस्पतालले ७ दिने अल्टीमेटम दिएको छ । यसअघि पनि कोशी अस्पतालले पटक–पटक अल्टीमेटम दिंदै आएको थियो । केहि दिन पहिले मात्रै गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्य मन्त्री निशा मेहेताले कोशी अस्पताल परिषरको अनुगमन गरी विभिन्न संघ संस्था तथा मन्दिरले ओगटेको जग्गा खाली गर्न निर्देशन दिएका थिए । कोशी अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार केन्द्र, क्षयरोग निवारण संस्था, देवकोटा पुस्तकालय र गणेश मन्दिरलगायतका संरचनाहरू रहेका छन् । 

प्रकाशित: २५ असार २०८३ २१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App