१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत पिपिराका २१ वर्षीय साबिर बक्सको बुधबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराले जानकारी दिए।

बोहराका अनुसार हिरासतमा अचेत अवस्थामा भेटिएका बक्सलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको थियो। अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले बक्सलाई मृत घोषणा गरेका थिए। प्रहरीले गत बुधबार चोरी मुद्दामा बक्सलाई पक्राउ गरको थियो। रासस

प्रकाशित: ३१ जेष्ठ २०८३ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App