१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

वीरगंजमा ई-रिक्सा चार्ज गर्दा करेन्ट लागेर युवकको मृत्यु

पर्साको वीरगंजमा आफ्नै ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

वीरगंज महानगरपालिका–२४, रामगढवाका २६ वर्षीय जाहिर अंसारीको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार, अंसारीले आफ्नै घर अगाडि ई-रिक्सा चार्जमा लगाउँदै गर्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि वीरगंजस्थित तराई अस्पतालमा लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ५ श्रावण २०८२ १८:४९ सोमबार

##NepaliNews #NagarikNews