जिल्ला प्रशासन कार्यालय सुनसरीले चारवटा गाउँपालिका क्षेत्रमा आज साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनामा बिहान ९ः३० देखि साँझ ७ बजेसम्म देवानगञ्ज, हरिनगर, कोशी र भोक्राहा नरिसंह गाउँपालिका क्षेत्र पूरै निषेधाज्ञा जारी गरिएको उल्लेख छ।
जिल्ला प्रशासन कार्यालयले यसअघि १० वटा स्थानीय तहमा जारी गरेको निषेधाज्ञा क्रमशः घटाउँदै लगेको छ। आज (आइतबार) दिनभर पूरै सहज भएमा भोलिबाट निषेधाज्ञा पनि हटाउन सकिने जानकारी दिइयो। देवानगञ्जको कप्तानगञ्जमा आइतबार राति दुई पक्षीय झडप हिंसामा परिणत हुँदा दुई जनाको मृत्यु भएको थियो।
त्यसपछि असहज परिस्थिति बिहीबार मध्यराति सरकार र पीडित परिवारबिच सहमति भएसँगै शुक्रबार मृतकका परिवारले शव जिम्मा लिएर सोही मध्यराति दाहसंस्कार गरेयता सुनसरीमा सहज हुँदै गएको छ।

प्रकाशित: १७ श्रावण २०८३ १०:५५ आइतबार





-600x400.jpg)