पर्यटन प्रवर्द्धनका लागि भक्तपुरमा आइतबार सांस्कृतिक पदयात्रा भएको छ । पदयात्राले विशेष गरेर भक्तपुर नगरपालिका क्षेत्रका विभिन्न वडाहरूमा रहेका पोखरीहरूको परिक्रमा गरिएको थियो । भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीबाट सुरु भएको पदयात्रा भक्तपुर नगरपालिका वडा नं १ स्थित भाजु पुखू (पोखरी) पुगेर टुगिंएको थियो । दिउँसो २ बजेबाट सुरु भएको पदयात्रा साँझ समापन भएको थियो ।
पदयात्राको नेतृत्व भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले गरेका थिए । पदयात्रा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्मकै विभिन्न ठाउँंहरुमा परिक्रमा गरेका थियो । पदयात्राको क्रममा विभिन्न ठाउँंहरुमा स्वागतद्धार नै बनाएर पदयात्रामा सहभागीहरूलाई स्वागत गरिएको थियो । साथसाथै विभिन्न ठाउँंहरुमा नाचगान पनि प्रदर्शन गरिएका थिए । अरुबेला विशेष गरेर भक्तपुरको मुख्य बजारहरू परिक्रमा गर्ने गरिए पनि पदयात्राको क्रममा नगरका गल्ली गल्ली पुगेको थियो ।
नगर प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरभित्रका गल्ली गल्लीसम्म पर्यटक पुर्याउन पदयात्राको आयोजना गरेको बताए । नगरभित्रका मुख्य मुख्य बजारमा मात्रै नभई नगरभित्रका गल्ली गल्ली पनि उतिकै हेर्न लायक रहेको सन्देश विश्वलाई दिन पदयात्रा गरिएको उनको भनाई थियो । खासमा नगरभित्रको जनजीवन देखाउन पनि पदयात्रा गरेका हौँ, उद्घाटन कार्यक्रममा उनले भने, यस कारण हामी नगरभित्रका गल्ली गल्लीलाई संसारभर देखाउने प्रयास गर्दैछौं । नगरभित्रका पाँंचतल्ले मन्दिर, दरबार क्षेत्र, दतात्रय मात्रै नभई नगरभित्रका गल्ली गल्लीसम्म पनि पर्यटकलाई पुर्याउन पदयात्रा सहयोगी हुने विश्वास उनले लिए ।
भक्तपुर नगरपालिका वडा नं ९ सूर्यमढीबाट सुरु भएको पदयात्रा भक्तपुर नगरपालिका वडा नं ८ जेँंला पुगेको थियो । त्यहाँबाट पुनः भक्तपुरको दतात्रयमा निस्केको थियो । त्यहाँबाट पुनः भक्तपुर नगरपालिका वडा नं ६ इनाचोस्थित खँंचा पोखरीमा पुगेको थियो । त्यहाँबाट पुनः भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीस्थित पोखरीमा पुगेको थियो । एवं तरिकाले पदयात्राले भक्तपुर नगरभित्रका १६ वटा मुख्य मुख्य पोखरीहरू पुगेको थियो । पदयात्राले च्याम्हासिंह, जेँंला, खँचा, याता, गोल्मढी बारे, कुमारी, खँला, लैको, सुन्धारा, दुमाजु, भण्ड, नासमना, मंगलाछें, देगमना, तेखा र भाज्या पुखू (पोखरी) को परिक्रमा गरेका थियो ।
उद्घाटन कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुरका पोखरीहरू मात्रै पनि स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि छुटै आकर्षण हुनसक्ने बताए । त्यस कारण पोखरी रुट बनाएर पर्यटकलाई परिक्रमा गराउने उद्देश्य रहेको उनले बताए ।
प्रकाशित: २२ भाद्र २०८२ १८:२१ आइतबार





