२५ कार्तिक २०८३ बुधबार
image/svg+xml
समाज

बालगोपालेश्वरमा भाइटीका लगाउनेको घुइँचो (तस्बिर)

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेस्वर मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको भिड लागेको छ।

दिदीबहिनी नहुने तथा दाजुभाइ नहुनेहरू भाइटीका लगाउन रानीपोखरीस्थित बालगोपालेस्वर मन्दिर पुग्ने परम्परा छ। वर्षमा एक पटक भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला गरिने यस मन्दिरमा टीका लगाउने र दर्शन गर्नेहरूको चहलपहल देखिएको छ। बालगोपालेस्वर मन्दिरमा पुगेर श्रद्धालुहरूले पूजा–आराधना गर्दै भाइटीका मनाइरहेका छन्।

तस्बिर रासस

प्रकाशित: २५ कार्तिक २०८३ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App