राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटनस्थलमा मोही खानेको भिड लागेको छ।
चितवनको बढ्दो गर्मीकाबीच सहभागीलाई गर्मीबाट राहत दिन चिसो पेय पदार्थका रूपमा मोही वितरण गरिएको छ।
विभिन्न डेरीले स्टल नै राखेर मोही वितरण गरिरहेका छन्।

महाधिवेशनको उद्घाटन दिउँसो २ बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने बताइएको छ।
महाधिवेशनको उद्घाटन समारोह स्थललाई रवि र बालेन्द्रको तस्बिरसहित सजाइएको छ। महाधिवेशन असार ९ गतेसम्म सञ्चालन हुनेछ।
प्रकाशित: ७ असार २०८३ १४:०३ आइतबार





