४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

खाडीमा रहेकाहरुसँग सम्पर्क भईरहेको छ, ट्रान्जिटमा हुने पनि सुरक्षित छन्ः परराष्ट्र मन्त्रालय

सरकारले मध्यपूर्वमा रहेका नेपालीहरूलाई सुरक्षित भएर बस्न आग्रह गरेको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सुरक्षा सावधानी अपनाएर बस्न आग्रह गरेका हुन्।

उनले विभिन्न देशको ट्रान्जिटमा रहेका नेपाली पनि सुरक्षित रहेका जानकारी दिए। खाडीमा रहेका नेपालीहरुसँग विभिन्न १० नियोगमार्फत सम्पर्क भईरहेको उनले बताए।

यस्तै, उनले इरानी आक्रमणमा परेर युएईमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको शव नेपाल ल्याउने पहल भईरहेको बताए।

प्रकाशित: १९ फाल्गुन २०८२ १७:४८ मंगलबार