जेन–जी आन्दोलनका क्रममा काठमाडौंमा ज्यान गुमाएका धनगढीका शहीद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप १५ लाख रुपैयाँ उपलब्ध गरिएको छ।
जोशीका परिवारलाई क्षतिपूर्ति रकम आइतबार प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। गृह मन्त्रालयमार्फत प्राप्त रकम शहीद जोशीका आमा माया जोशीको खातामा भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम हस्तान्तरण गरिएको बताए।
प्रकाशित: १३ आश्विन २०८२ १४:५५ सोमबार





