२६ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

रहेनन् कम्युनिष्ट नेता डा. विजय पौडेल

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का नेता डा. विजय पौडेलको निधन भएको छ। उनको सोमबार हृदयघातका कारण निधन भएको कीर्तिपुर अस्पतालले पुष्टि गरेको छ।

डा. पौडेल नेता मोदनाथ प्रश्रितका छोरा हुन्। पौडेलका श्रीमती र दुई छोराछोरी छन्।

जनता टेलिभिजनका अध्यक्षसमेत रहेका पौडेल पछिल्लो समय चेक बाउन्सको मुद्दा खेपिरहेका थिए। उनलाई प्रहरीले गत भदौ ४ गते सोही मुद्दामा पक्राउ गरी केही घण्टापछि छाडेको थियो। 

प्रकाशित: २६ आश्विन २०८३ १७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App