२४ मंसिर २०८२ बुधबार
image/svg+xml
समाज

कैलाली कारागार झडपः छानबिन समिति गठन, प्रतिवेदनकाे समय १० दिन

जिल्ला कारागार कैलालीमा कैदीबिच भएको झडपको विषयमा छानबिन समिति गठन गरिएको छ।

एक जनाको ज्यान जाने गरी भएको झडपको विषयमा जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। छानबिन समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।

शुक्रबार राति भएको झडपमा परी धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। 

समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले झडमा परी घाइते भएकाहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताएका छन्। उनका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।  

मृतक चौधरी लागुऔषध मुद्दामा थुनामा थिए। कारागारको ए र बी ब्लकमा झडप भएको हो। अस्पताल र कारागारमा प्रहरी परिचालन गरिएको उनले बताए।

प्रकाशित: २४ श्रावण २०८२ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App