१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सम्पदा जोगाउन समुदाय र सरकारको सहकार्य जरुरी : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपालका देवीदेवता र सम्पदाहरू पछिल्लो समय चोरी भइरहेको बताएकी छिन्। उनले अहिलेको अवस्थामा नेपालका सम्पदाहरू अझ संवेदनशील अवस्थामा रहेको बताएकी छिन्।

उपमेयर डंगोलले सम्पदाहरूको संरक्षण र संवर्धनका लागि समुदाय र स्थानीय सरकार मिलेर काम गर्न सक्षम हुने र सम्पदा संरक्षणका लागि समुदाय, विभिन्न विषय विज्ञहरू र संघीय सरकारसँग समन्वय जारी रहेको बताइन्।

उनका अनुसार चोरी भएका केही सम्पदाहरू अझै पनि विदेशमा फेला परेको र तिनीहरूलाई स्वदेश फर्काउने प्रयास भइरहेको बताएकी छिन्।

उनले शुक्रबार एक कार्यक्रममार्फत ढलसिको बाहाको तोरण, खास्ति चैत्यबाट चोरी भएको बोधिसत्व पद्मपाणी हाल राष्ट्रिय संग्रहालयमा रहेको समेत उल्लेख गरेकी छिन्।

सांस्कृतिक सम्पत्तिको अवैध आयात, निर्यात र स्वामित्व हस्तान्तरण निषेध र रोकथाम गर्ने माध्यमसम्बन्धी दिवसको अवसरमा उनले यस्ता चोरी निकासी रोक्नका लागि सबैको सहकार्य र सतर्कता आवश्यक रहेको बताएकी छिन्।

प्रकाशित: २९ कार्तिक २०८२ ०९:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App