१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
समाज

बागमतीसहित यी प्रदेशमा बदली र वर्षाको सम्भावना

फाइल तस्बिर

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली भएको छ भने सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। साथै लुम्बिनी प्रदेशको तराई भागका एकदुई स्थानमा पनि वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना छ।

त्यसैगरी, आइतबार राति देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली तथा तराई भेगमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।

साथै देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँचमा तापक्रम बढ्ने महाशाखाको पूर्वानुमान छ। ती भेगका सर्वसाधारणलाई महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित: १३ वैशाख २०८३ ०६:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App