१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी किसी सम्मानित

नागरिककर्मी कृष्ण किसी सम्मानित भएका छन् । शव्दयात्रा प्रकाशन धुलिखेल नेपालले शव्दयात्रा प्रकाशन हरि गोपाल प्रधान कदरपत्र २०८२ बाट किसीलाई शनिबार सम्मान गरिएको हो । 

संस्थाका संस्थापक हरि मञ्जुश्री, चयन समिति सदस्य निर्मला श्रेष्ठ, कदर व्यवस्थापक हरिगोपाल प्रधानलगायतले उनलाई संयुक्त रुपमा कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।  

No description available.

किसीसँगै दुई जना पत्रकारहरु तुल्सी गिरी र शुभराज अधिकारीलाई पनि सम्मान गरिएको थियो । साथमा डा इन्दुल केसीद्धारा लिखित भूस्वर्गको सुवास र केदारनाथ तिमल्सिनाको भागवत एक परिचय पुस्तक पनि विमोचन गरिएको थियो ।

प्रकाशित: २७ मंसिर २०८२ १७:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App