७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

नागरिककर्मी सुवेदी सम्मानित

क्याप्शन

नागरिककर्मी विनोद सुवेदी सम्मानित भएका छन् । बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा विकल्प एन अल्टरनेटिभले पत्रकारितामार्फत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकारिता अवार्डबाट सम्मान गरेको हो ।  

कार्यक्रममा कान्तिपुर दैनिकका पर्वत पोर्तेल, अन्नपूर्ण पोस्टका किशोर बुढाथोकी र सुनौलो नेपालकी विराटनगर संवाददाता चीना थापालाई  पनि सम्मान गरिएको छ ।  

५० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित चारैजना पत्रकार सम्मानित भएका हुन् । सम्मानितलाई कोशी प्रदेश पत्रकार महासंघका अध्यक्ष भरत खड्का, मोरङ अध्यक्ष सुशीला पाठक, संस्थाका अध्यक्ष प्राध्यापक डा. भेषप्रसाद धमला, बसन्त अधिकारी, लगायतले नगद र सम्मानपत्र हस्तान्तरण गरेका थिए । 

प्रकाशित: ९ आश्विन २०८२ १९:२६ बिहीबार