१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध अख्तियारको आरोपपत्र दायर

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार सडक ढलान योजनाको कार्य सम्पन्न भएपछि भुक्तानी गर्ने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीबाट प्रमुख प्रशासकीय अधिकृत यादवले ७२ हजार रुपैयाँ घुस मागेका थिए। प्राप्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको टोलीले उनलाई ७२ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानबाट योजना सञ्चालनका लागि भएको सम्झौताअनुसारको काम सम्पन्न भइसकेपछि पनि यादवले भुक्तानी प्रक्रियामा अवरोध सिर्जना गरी सेवाग्राहीसँग घुस रकम लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको ठहर गर्दै आयोगले बिगो ७२ हजार रुपैयाँ कायम गरी सो बराबर जरिवाना तथा कैद सजायको मागदाबीसहित बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रकाशित: ५ असार २०८३ १५:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App