चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमित क्षेत्र छाड्न १५ दिने सूचना जारी गरेको छ।
निकुञ्ज कार्यालयले सूचना जारी गरेरेर १५ दिनभित्र अवैध रुपमा बसेकाहरुलाई ठाउँ छाड्न निर्देशन दिएको हो।
अटेर गरेर समय सिमाभित्र अतिक्रमित क्षेत्र नछाडे बिगो कायम भएमा बिगोको दोब्बर जरिवाना र एक वर्ष कैद गर्ने, बिगो कायम नभएको कसुरमा २० हजार रुपैयाँसम्म जरिवना, ६ महिनासम्म कैद वा कैद र जरिवना दुवै हुने सूचनामा उल्लेख छ ।

प्रकाशित: १६ वैशाख २०८३ १४:४३ बुधबार





