१३ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

उद्धारमा सघाउन चिनियाँ सुरुङ विज्ञ टोली नेपालमा

बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नागरिकहरूको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन चिनियाँ सुरुङ विज्ञ टोली नेपाल आइपुगेको छ।

प्राविधिक रूपमा अत्यन्त जटिल र जोखिमपूर्ण मानिएको उद्धार अपरेसनलाई सघाउन उक्त विशेषज्ञ टोली कार्यक्षेत्रमा परिचालित भएको हो।

नेपाल सरकारको अनुमति र समन्वयमा आएको उच्च दक्ष चिनियाँ प्राविधिक टोलीले नेपाली सेना तथा अन्य सुरक्षा निकायहरूसँग मिलेर संयुक्त रूपमा उद्धारको काम अघि बढाउनेछ।

टोलीले सुरुङभित्रको अवस्था, भौगोलिक जोखिम र सम्भाव्यताको प्राविधिक अध्ययन गरी अड्किएका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न मद्दत गर्नेछ।

प्रकाशित: १३ भाद्र २०८३ १७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App