२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

प्रधान सेनापतिद्वारा मध्यपृतना मुख्यालयको निरीक्षण

प्रधान सेनापति अशोकराज सिग्देलले आइतबार हेटौँडास्थित मध्यपृतना मुख्यालयको निरीक्षण भ्रमण गरेका छन्।

त्यस क्रममा उनले पृतनाको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिबारे जानकारी लिएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापति सिग्देलले त्यस अवसरमा सकलदर्जालाई प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका थिए। उनले प्रदेश कमान्डपोस्ट र निर्वाचन सेलका पदाधिकारीसँग अन्तरक्रियासमेत गरेका निर्देशनालयले जनाएको छ।

प्रकाशित: १७ फाल्गुन २०८२ १८:२५ आइतबार