झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ।
चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत् प्रवाह भई मृत्यु भएको हो। बारा करैयामाई गाउँपालिका-८ का २५ वर्षीय चौधरी बिएण्डसी मेडिकल कलेजका कर्मचारी हुन्।
करेन्टले घाइते भएका चौधरीलाई सोही अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए।
प्रकाशित: २६ भाद्र २०८३ १३:३६ शुक्रबार





