२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

आज धेरै ठाउँमा हावाहुरी, मेघगर्जन र असिनापानीहित वर्षाको सम्भावना

आज देशका धेरै ठाउँमा दिनभरि विभिन्न समयमा हावाहुरी, मेघगर्जन र असिनापानीको सम्भावना देखिएको छ। अहिले चितवन, पोखरा हुँदै कैलालीसम्मका धेरै स्थानमा असिनापानी र हावाहुरीको अवस्था रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

हिजो देशका धेरै ठाउँमा वर्षा भए पनि अति भारी वर्षा भने भएन। काठमाडौं उपत्यकामा भने छोटो समयका लागि असिनासहित भारी वर्षा भएको थियो।

स्याटेलाइट तस्बिरमा समेत उक्त क्षेत्रमा विकसित मौसम प्रणाली स्पष्ट देखिएको उनले बताए। ती क्षेत्रका स्थानीय बासिन्दाले सामाजिक सञ्जालमार्फत स्थानीय अवस्थाबारे जानकारी गराइरहेको उनको भनाइ छ।

यस्ता मौसमी घटना छोटो समयमै विकसित हुन सक्ने भएकाले मेघगर्जन, चट्याङ, हावाहुरी र असिनापानीबाट आवश्यक सतर्कता अपनाउन उनले आग्रह गरेका छन्।

प्रकाशित: २१ आश्विन २०८३ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App