२१ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

शनिबार अपरान्हपछि हावाहुरी चल्ने सम्भावना

आज (शनिबार) देशको तराईका भूभागमा अपरान्हपछि हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार शनिबार राति मधेश प्रदेशको बारा, रौतहट, सर्लाही र महोत्तरी जिल्ला, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रहरूमा तीव्र हावाहुरी चल्ने सम्भावना छ। 

४०-५० किलोमिटर प्रति घण्टा चल्ने हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्ने भन्दै विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।  

प्रकाशित: २१ चैत्र २०८२ १२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App