१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भोटेकोशीमा पानीको बहाव बढेपछि ५ जिल्लाका नदी किनारमा सतर्कता अपनाउन आग्रह

तस्बिर : सामाजिक सञ्जाल

भोटेकोशी नदीमा बाढी तथा पानीको बहाव उच्च रहेकाले ५ जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव बढेको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको छ।

प्रशासनले नदीको पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सम्भावित विपद्का लागि सतर्क रहन आग्रह गरेको हो।

प्रकाशित: १० भाद्र २०८३ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App