सशस्त्र प्रहरी बरिष्ठ हवल्दारमाथि हातपात गरेको आरोपमा पक्राउ परेका कपिलवस्तुको सुद्दोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।
सोमबार बिहान सोही गाउँपालिकाका ५ स्थित शिवलवा दोहनी सिमा नाकामा भारतबाट सामान ल्याएको विषयमा चेकजाँच गर्दा चौधरीले सशस्त्रको बिओपी हथिहवा क्याम्पमा कार्यरत बरिष्ठ हवल्दार भिमबहादुर चौधरीमाथि हातपात गरेको आरोपमा उपाध्यक्ष चौधरी पक्राउ परेका थिए । उनीमाथि सोमबार साँझ नै किटानी जाहेरी आएको थियो ।
उपाध्यक्ष चौधरीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए । अदालतबाट ४ दिनको म्याद थप गरी कारबाही प्रकृया अघि बढाइएको उनले बताए ।
प्रकाशित: २४ चैत्र २०८२ १७:३३ मंगलबार





