२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

२० हजार घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध मुद्दा दायर गरेको छ।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिएबापत घुस लिएको अभियोगमा अख्तियारले प्रहरी वृत्त मालीगाँउका काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ताको मुद्दा मिलाइदिने भन्दै प्रहरी नायब निरीक्षक राउतले सेवाग्राहीसँग रु २० हजार घुस लिएको पाइएको छ।

आयोगले टोलीले घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो। आरोपी राउतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, कैद सजाय र जरिवानाको माग गर्दै आयोगले मुद्दा दायर गरेको छ।

प्रकाशित: २५ वैशाख २०८३ १७:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App