१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मष्टा ग्रुपका सञ्चालकविरुद्ध मुद्दा दायर, दुई अर्ब सात करोडको माग दाबी

सम्पत्ति शुद्धीकरण विभागले मष्टा ग्रुपका सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर गरेको छ। विभागले जिल्ला अदालत काठमाडौंमा सो कम्पनीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो।

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ। अभियोगमा खरिदको कुल मूल्यसमेत गर्दा हुन आउने कुल रकम रु एक अर्ब ४५ करोड ५४ लाख तीन हजार ९४८ तथा अवैध तरिकाले आयात गरेको सुन ६० किलो ७१६ ग्रामको तत्कालीन मूल्य प्रतितोला रु एक लाख १२ हजार ५०० का दरले हुन आउने रु ५८ करोड ५६ लाख नौ हजार ५६८ बराबर रहेको छ।

विभागले चलाउनेको नाममा हिमालयन बैंकमा रहेको खातामा रु तीन करोड ५२ लाख गरी कुल रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। 

प्रकाशित: १८ कार्तिक २०८२ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App