१६ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

नहरहरू पूर्ण सञ्चालनमा

फाइल तस्बिर

मनसुनको धान सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरूले किसानका खेतसम्म पानी पुर्याइरहेका छन्।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागका अनुसार सुनसरी मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर (जसमध्ये ५५ हजार हेक्टर सतह सिँचाइ) र राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रमा सिँचाइ सेवा पुर्याएको छ।

कमला सिँचाइ प्रणाली, भेरी करिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनामा धान बालीका लागि नहर निरन्तर सञ्चालनमा रहेकाले निर्माणका काम बाली भित्र्याएपछिको समयमा केन्द्रित गर्ने गरी तालिका मिलाइएको विभागका महानिर्देशक दिनेश रजौरियाले बताए। बाली सिजनमा विभागले किसानलाई पानी आपूर्ति प्राथमिकतामा राखिएको उनले बताए।

यसबाहेक पोखरा (कास्की) अन्तर्गत ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर अन्तर्गत ३ हेक्टरमा नयाँ सिँचाइ सुविधा थपिएको रजौरियाले बताए। सिक्टा र बबईसहित भदौ मसान्तसम्म करिब २०० हेक्टर नयाँ क्षेत्रमा सिँचाइ पुगेको विभागले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८३ १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App