रुपन्देहीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। अरु २८ जना घाइते भएका छन्।
रुपन्देहीको देबदह १० स्थित पूर्वपश्चिम राजमार्गमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको बस र नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको बा. प्र. ०१००६ ख ८९२८ नम्बरको इभि हाईस एक आपसमा ठोक्किएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका २८ जनाको देबदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ।
प्रकाशित: १६ वैशाख २०८३ १६:५६ बुधबार





