२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

ब्रिटिसकालीन सिक्का र शिवलिङ्ग फेला, बर्दियाको प्राचीन सभ्यताबारे नयाँ संकेत

बर्दियाको ठाकुरबाबा मन्दिर परिसरमा गरिएको पुरातात्त्विक अध्ययनका क्रममा ब्रिटिसकालीन एक सिक्का र सानो शिवलिङ्ग फेला परेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यी सामग्रीहरूले यस क्षेत्रमा प्राचीन मानव बसोबास तथा धार्मिक गतिविधि भएको महत्वपूर्ण प्रमाण प्रस्तुत गरेका छन्।

अध्ययनका क्रममा रथ शैलीको शिखर शैलीमा निर्मित मन्दिरका अवशेष, त्रिरथ संरचना, मण्डप तथा अन्य पुरातात्त्विक सामग्रीहरू पनि फेला परेका छन्। प्राप्त संरचना र वस्तुहरू विभिन्न ऐतिहासिक कालखण्डसँग सम्बन्धित रहेको प्रारम्भिक अनुमान गरिएको छ।

फेला परेको ब्रिटिसकालीन सिक्काले यस क्षेत्रको ऐतिहासिक व्यापारिक तथा सामाजिक सम्बन्धबारे थप अध्ययन आवश्यक रहेको देखाएको छ। त्यस्तै, शिवलिङ्गको प्राप्तिले यहाँ प्राचीनकालदेखि नै धार्मिक आस्था र पूजा–आराधनाको परम्परा रहेको संकेत गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई पुरातत्व विभागका अधिकृत भास्कर ज्ञवालीले यसबारे जानकारी गराएका थिए। 

प्रकाशित: २९ जेष्ठ २०८३ १७:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App