२४ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

बल्ल खुल्याे बिपी राजमार्ग

बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ। अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो।

जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यकबाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ। गत सोमबारको वर्षासँगै रोशी खोलामा आएको बाढीले बाटो बन्द भएको थियो।

वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ। राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा राखिन्छ।

गत सालको बाढीपहिरोले राजमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन गरिएको  थियो। हाल उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ। 

प्रकाशित: २४ वैशाख २०८३ १०:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App