९ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

बोलेरो भोटेकोशीमा खस्यो, दुई जना बेपत्ता

अरनिको राजमार्गमा मंगलबार दिउँसो बोलेरो जीप भोटेकोसी नदीमा खसेर दुर्घटना हुँदा दुई बेपत्ता भएका छन् ।  

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार तातोपानीबाट बाह्रविसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो दिउँसो साढे तीन बजेतिर भोटेकोसी गाउँपालिका–४ चाकुबाट नदी किनारमा खसेर दुर्घटना हुँदा त्यसमा सवार चालक र सहचालक बेपत्ता भएका हुन् ।  

बरहथवा नगरपालिका–२, सर्लाहीका बोलेरो चालक २३ वर्षीय राजेशकुमार कुसहवा र बौधिमाई नगरपालिका–१, रौतहटका २५ वर्षीय सहचालक रामप्रवेश महतो बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव खरेलले जानकारी दिए ।  

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । घटनापछि इलाका प्रहरी कार्यालय बाह्रविसे र झीर्पु चौकीबाट पुगेका सुरक्षाकर्मीले टुचिन लगाई दुर्घटनाग्रस्त बोलेरो तान्ने क्रममा एक शब बगाएको थियो । बोलेरोमा यी चालक र सहचालक मात्र रहेको जानकारी पाएको डिएसपी खरेलले बताए ।  

बोलेरो सडकबाट २० मिटर तल नदीमा खसेको थियो । 

प्रकाशित: १० भाद्र २०८२ १८:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App