२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

मुगुमा बोलेरो दुर्घटना : अमलदारको निधन

मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटनामा एक अमलदारको मृत्यु भएको छ। रारा–भुलभुले सडकमा सैनिक पुर्‍याएर फर्किने क्रममा जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो।

प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार मृत्यु हुनेमा हनुमान ध्वज गुल्मका अमलदार, चालक हरिसिंह ऐडी छन्। उनी बैतडीको पाटन–४, बगाडी स्थायी ठेगानाका हुन्। मुगु अस्पतालले सोमबार बिहान १ बजेर ३० मिनेटमा उनलाई मृत घोषित गरेको थियो।

न १ झ १०३९ नम्बरको बोलेरो जिप रारा छायानाथ नगरपालिका–७ स्थित पिना प्रहरी चौकी नजिकै आलादुना खोलाको मोडमा दुर्घटना भएको थियो। दुर्घटनाको जानकारी पाएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धारमा जुटेका थिए। घाइते चालकलाई राति १० बजे अस्पतालमा पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई जोगाउन सकेनन्।

प्रमुख जिल्ला अधिकारी खत्रीले भने, 'दुर्घटनाको कारण स्पष्ट हुन सकेको छैन, तर सो मोडमा पहिले पनि धेरै दुर्घटना भएका स्थानीय बताउँछन्।'

प्रकाशित: २१ पुस २०८२ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App