२५ जेष्ठ २०८३ सोमबार
image/svg+xml
समाज

बागमती नदीमा बेपत्ता दुई युवाको शव फेला

बागमती नदीमा बेपता भएका दुई युवाको शव आइतबार दिउँसो फेला परेको छ।

सर्लाही र रौतहटको सीमामा पर्ने बागमती नदीमा नुहाउने क्रममा उनीहरू शनिबार बेपत्ता भएका थिए। 

बागमती नदीमा नुहाउनका लागि हाम फालेका पाँच जनामध्ये तीन जना सकुशल निस्किन सफल भए पनि सर्लाही लालबन्दी नगरपालिका-९ बस्तिपुरका १८ वर्षीय रोहित महतो र २० वर्षीय गणेश महतोलाई नदीमा अचानक आएको बाढीको भेलमा बगेका थिए।  

बागमती नदीमा दुई जना युवा बेपत्ता भएको खबर पाउनासाथ युवाको खोजी कार्यका लागि सर्लाही र रौतहटबाट प्रहरी परिचालन गरेर खोजतलास सुरु गरिएको थियो।

शनिबार राति हवाहुरी र पानी परेका कारण बेपत्ता युवाहरूको आइतबार बागमती नपाको ११ स्थित रोहित महतोको र गणेश महतोको शव बागमती पुलभन्दा करिब एक किलोमिटर उत्तरतर्फ नदीको ड्याम साइड क्षेत्रमा फेला परेको सर्लाही प्रहरीले बताएको छ।

फेला परेका दुवै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ।

बागमतीमा बेपता भएका युवकसँगै गएका बरहथवा नगरपालिका–५ निवासी सहमद मोमिन, मोहम्मद अख्तर तथा ब्रह्मपुरी गाउँपालिका–३ निवासी श्याम भण्डारी भने सकुशल रहेको डिएसपी सरोज राईले बताए।

प्रकाशित: १० जेष्ठ २०८३ १८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App