पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको शव आज क्याम्प १ सम्म ल्याइने भएको छ।
उद्धारका लागि पाकिस्तान पुगेका तथा दिवंगत आरोही निर्मल पुर्जाका व्यवसायिक साझेदारसमेत रहेका सांसद मिङ्मा डेभिड शेर्पाका अनुसार ग्राउन्ड टिमले हाल रहेको स्थानबाट शव क्याम्प १ सम्म ल्याउने योजना बनाएको छ। त्यसपछि सोमबार जापानी क्याम्पसम्म पुर्याइनेछ।
ब्रोड पिकमा आरोहणका क्रममा आएको हिमपहिरोमा परी नेपाली ६ जनासहित १० जना आरोही बेपत्ता भएका थिए। त्यसपछि गरिएको खोज तथा उद्धार अभियानका क्रममा उनीहरू मृत अवस्थामा फेला परेका हुन्।
प्रकाशित: १७ श्रावण २०८३ १०:५५ आइतबार





-600x400.jpg)