२३ भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

पहिरोले चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ।

अविरल वर्षाका कारण शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोट जिल्लाको गगनेखोलामा आएको पहिरो आज हटाएपछि सडक खुलेको हो। सडक खुलेपछि रोकिएका मालवाहक ट्रक गुड्न थालेका छन्।

वर्षाका कारण एसमोड, मेअरखोला, गगनेखोलासहितका धेरै स्थानमा पहिरो जाँदा सडक बन्द भएको थियो।

पहिरोले सडक अवरुद्ध हुँदा जुम्लाबाट सुर्खेत नेपालगन्जका लागि गएका ट्रक बाटोमै थन्किएका थिए।

अवरुद्ध सडक खुलेसँगै बिच बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय बालीकोटले जनाएको छ।

प्रकाशित: २३ भाद्र २०८३ १५:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App