२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

वीरगन्जका मेयर सिंह धरौटीमा रिहा

नागरिकता र लिखत सम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह धरौटीमा रिहा भएका छन् ।

पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले झुठो विवरण पेश गरी नागरिकता प्राप्त गरेको आरोपमा १५ हजार रुपैयाँ तथा लिखत सम्बन्धी कसुरमा ४ लाख रुपैयाँ धरौटी माग गर्दै तारिखमा रिहा गर्न आदेश दिएको हो।

अदालतको आदेशपछि मेयर सिंहले तोकिएको धरौटी रकम बुझाई तारिखमा रिहा भएका छन् । उनीविरुद्ध दायर दुवै मुद्दामा हदैसम्मको कारबाहीको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयका अधिवक्ता मनोज गुप्ताले बहस गरेका थिए।

यस्तै, मेयर सिंहको पक्षबाट अधिवक्ताहरू रामेश्वर सेढाई, कमल मोहन पोखरेलसहित आठ जना कानुन व्यवसायीले प्रतिरक्षामा बहस गरेका थिए।

पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवका अनुसार अदालतले प्रारम्भिक सुनुवाइपछि धरौटीमा रिहा गर्दै मुद्दाको थप सुनुवाइ तारिखमा अगाडि बढाउने आदेश दिएको हो। 

उनलाई मंगलबार बिहानमात्रै प्रहरीले पर्सा जिल्लाको उत्तरी भेगमा पर्ने ठोरी एरियामा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो।  

स्थानीय लेयाकत अलिको जाहेरीको आधारमा गत जेठ १२ गते जिल्ला अदालत पर्साले लिखत सम्बन्धी कसुरमा पक्राउ गर्न मेयर सिंहसहित तीन जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ १६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App