२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

निर्वाचनका लागि वीर अस्पतालका द्रुत प्रतिकार्य स्वास्थ्य टोली तयारी अवस्थामा

भोलि हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी वीर अस्पतालले द्रुत प्रतिकार्य स्वास्थ्य टोली तयारी अवस्थामा राखेको छ। बुधबार समूहलाई पुन: संरचना गरी टोलीको तयारी गरेको वीर अस्पताल आकस्मिक कक्षका प्रमुख तथा द्रुत प्रतिकार्य टोलीका संयोजक प्रा.डा.सुरेश नेपालले जानकारी दिए। उनले भने, ‘प्रतिकार्य टोली बुधबारदेखि नै सक्रिय छ।’  

प्रतिकार्य टोेलीका संयोजक नेपालका अनुसार निर्वाचनका समय हुन सक्ने सवारी दुर्घटना तथा अन्य खालका अप्रिय घटनामा हुने दुर्घटनाका बिरामीका लागि तयारी गरेको जानकारी दिए। अप्रिय घटनापछि आउन सक्ने बिरामीका लागि टोलीको पुर्नसंरचना गरिएको छ भने आवश्यक औषधि र उपकरण पनि तयारी अवस्थामा राखेको संयोजक प्रा.डा नेपालले बताए ।

अस्पतालले २६ सदस्यीय द्रुत प्रतिकार्य टोली पुर्नगठन गरेको हो भने टोलीमा हरेक विभागका विभागीय प्रमुखको सहभागिता रहेको र ठूलो सख्यामा बिशेषज्ञ चिकित्सक सहभागी छन्। र्‍यापिड रेस्पोन्स टिममा बिभिन्न विभागका विशेषज्ञ चिकित्सक, नर्सिङ प्रशासक र औषधि व्यवस्थापन प्रमुखहरू समावेश छन् ।  

टोलीको सयोेजक प्रा.डा. नेपाल, सदस्य सचिवमा नरेन्द्र खनाल र अन्य सदस्यहरुमा डा. मीनचन्द्र अधिकारी, डा. विनोद शेरचन, डा. अनिप जोशी, डा. सुधांशु केसी, डा. ऋतु प्रधान तथा विशेषज्ञ टोलीमा डा. रविनबहादुर बस्नेत, डा. अनिता जिसी, डा.अपार लामिछाने छन्।  

त्यसैैगरी अन्य सदस्यहरुमा डा. प्रज्वल श्रेष्ठ, डा. राजीव झा, डा. समिर पौडेल, डा. दिनेश चापागाईँ, डा‍ लिसा गौचन, डा. अनिल बराल, डा. शरद पोखरेल, डा. लता गौतम, डा. अजित खनाल, डा. विवेक आचार्य, डा. विकासविक्रम अधिकारी, डा. सुनिलराम कोइराला र डा. आरती कारखेती छन्।  

वीर अस्पतालमा विभागीय प्रमुखहरु सहित ठूलो समूह रहेकोले यसले धेरै ठूलोे संकटको बखतमा समेत काम गर्न सक्ने प्रा.डा. नेपालले बताए।

प्रकाशित: २० फाल्गुन २०८२ १५:२६ बुधबार