१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : पृथ्वी र पासाङल्हामु राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक

भोटेकोशीमा बुधबार बिहान आएको बाढी पहिरोका कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै चितवनलगायत पश्चिम, पोखरालगायत पश्चिम, गोरखा, लमजुङ, धादिङ, नुवाकोट र रसुवालगायत जिल्लामा जाने सवारीसाधन काठमाडौंमा रोकिएको जानकारी दिए।

यस्तै, जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोशीमा बाढी नआएको स्पष्ट पारेका छन्।

बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ सात मिलिमिटरभन्दा बढी वर्षा नभएको बताए।

उनले हिमताल फुटेको आशङ्का गर्दै अनुसन्धान गरिने बताए। 

प्रकाशित: १० भाद्र २०८३ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App